•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:09:24 AM

हमासले आक्रमण गरेको संगीत महोत्सवस्थलमा भेटिए २६० शव

- आश्विन २२, २०८० मा प्रकाशित


एजेन्सी । दक्षिणी इजरायलको मरुभूमिको एक संगीत महोत्सवमा हमासले आक्रमण गर्दा कम्तिमा २६० जनाको मृत्यु भएको छ । इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकै पटक कम्तीमा २६० जनाको शव निकालेका हुन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् ।

इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।

Comments