अरुण तेस्रो जलविद्युत परियोजनाको काम तीन सातादेखि ठप्प
- आश्विन ३, २०८० मा प्रकाशित
संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत गृहको काम ठप्प छ । अरुण तेस्रो प्रवेश मार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् ।
स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले माग सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिनु परेको बताए । स्थानीयले प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दै आएका छन् ।
छ्याङकुटीबाट पुखुवासम्म चार सय ५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी छ । मुआब्जा रकम जिल्ला प्रसासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितको भनाइ छ । उनीहरु मुआब्जा माग गर्दै विगत सात वर्षदेखि आन्दोलित छन् । अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पिडिए) मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक आठ करोड नेपाल सरकारले क्षतिपूर्ति ब्यहोर्नुपर्ने शर्त उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । तर हालसम्म प्रभावितले मुआब्जा पाएका छैनन् । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउने बताइएको छ । आयोजना बनाउन एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments