‘प्याङ्ग्री’ लहरा नियन्त्रण गर्न वनमा बेसार र अम्रिसो खेती
- आश्विन ३, २०८० मा प्रकाशित
झापा । झापाको जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘प्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको छ ।
प्याङ्ग्री झार अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेपछि सामुदायिक वनमा बेसार, अदुवा अम्रिसो लगाउन थालिएको हो । प्याङ्ग्री लहरा नियन्त्रण क्रमिक रुपमा बढ्दै गएको फरेष्ट एक्सन नेपालका संयोजक डा. लीलानाथ शर्माले बताए । फरेष्ट एक्सन नेपालले रोयल बोटानिकल गार्डेन इडनवर्गसँगको सहकार्यमा प्राकृतिक वनको पुनःस्थापना र मिचाह प्रजाति प्याङ्गीको नियन्त्रणको विगत पाँच वर्षदेखि सो क्षेत्रमा काम गर्दै आएको छ । उनले सुरुमा वन उपभोक्ता समितिलाई मिचाह प्रजातिको झार फाड्नका लागि आर्थिक सहयोग समेत गरेको जानकारी दिए ।
‘प्याङ्ग्री लहरा र वनमारालाई वनक्षेत्रमा नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी रणनीति भनेको रुखको घनत्व बढाउनु हो’, संयोजक शर्माले भने, ‘वन क्षेत्रमा बेसार, अम्रिसो लगाउँदा राम्रो गोडमेल हुन्छ, त्यसले प्याङ्ग्री पनि नष्ट हुने र नयाँ बिरुवा पनि उम्रने देखिएको छ ।’ उनले हाल सो क्षेत्रमा एक लाख बढी मसला, रुद्राक्ष, कदमलगायत विभिन्न प्रजातिका बिरुवाको पुनरुत्थान भएको जानकारी दिए ।
सामुदायिक वन आफैले प्याङ्ग्री लहराबाट कम्पोष्ट मल बनाइरहेको उनको भनाइ छ । प्याङ्ग्री लहराबाट वार्षिक एक सय टनभन्दा बढी कम्पोष्ट मल बनिरहेको उनले बताए । जुन मल स्थानीय उपभोक्ता आफै र चिया बगानले खरिद गरेर प्रयोगका लागि लैजाने उनको भनाइ छ । जलथलका २२ वटा सामुदायिक वनमध्ये छ वटा वनले उपभोक्तालाई जागरुक बनाएर बेसारखेती लगाएका छन् । जसबाट उपभोक्ताले राम्रो आम्दानी गरेका छन् भने प्याङ्ग्री लहरा नियन्त्रण समेत भइरहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले बताए ।
उनका अनुसार हाल २२ वटा सामुदायिक वनमध्ये छ वटाले करिब २० बिघाभन्दा बढीमा बेसार र १५ बिघा बढीमा अम्रिसो खेती गरिरहेको जानकारी दिए । वनमा प्याङ्ग्री लहरा, उल्टा काँडालगायत विभिन्न प्रजातिका मिचाह झारले धानको बिस्कुन सुकाएझै भूइँमा लहरिने हुँदा अन्य बोटबिरुवालाई उम्रन नदिएको अवस्थामा यसलाई हटाएर कृषि वन कार्यक्रम सञ्चालन गर्ने कार्य एक्सनको उत्कृष्ट रहेको उनको भनाइ छ ।
अध्यक्ष पोर्तेलले उपभोक्ता र वन समूह आफैंले करिब चार बिघा बढी जमिनमा बेसार र पाँच बिघा बढीमा अम्रिसो खेती गरिरहेको बताए । उनले बेसार रोपको क्षेत्रमा प्रशस्त मात्रमा बिरुवा उम्रिएको र प्याङ्ग्री लहराको प्रभाव कम भएको अनुभव सुनाए ।
झापाको जलथल जङ्गल नेपालकै एक मात्र यस्तो वन क्षेत्र हो, जहाँ पहाडमा मात्र पाइने बोटबिरुवा र जीवजन्तुसमेत पाइन्छन् । स्थानीय वयोवृद्ध वीरबहादुर गिरीका अनुसार जलथल जङ्गलमा पहाडमा मात्र पाइने पात्ले कटुस र चिलाउनेको रुख पाइएको छ भने पहाडमा हुने दुम्सी समेत यहाँ पाइन्छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments