•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:58:55 AM

माया घर नेपाल कि अध्यक्ष सम्मानित

- भाद्र २६, २०८० मा प्रकाशित


इटहरी । पुर्वाञ्चल अपाङ्ग र असहाय बृद्ध सेवा केन्द्र को सम्मान तथा हरितालिका तीज बिशेष कार्यक्रममा माया घर नेपाल कि अध्यक्ष सुभद्रा प्याकुरेल लाई सम्मान गरेको छ । लामो समय देखि इटहरीमा महिला बालबालिका तथा आवाज बिहिन हरुको आवाज बनेर पत्रकारितामा कलम चलाउदै आएकी प्याकुरेल र हाल प्रेस चौतारी नेपाल कि अध्यक्ष समेत रहेकी प्याकुरेल सम्मानित भएकी छन् ।

यसरी एक नारीले विभिन्न स्वरुपमा आफ्नो घर लाई मात्र नभएर सहर र देशलाई समेत दिएको योगदान को उच्च मुल्यांकन गर्दै सो सम्मान प्रदान गरेको सो सेवा केन्द्रकी अध्यक्षले बताएइन । हाल समाजमा यस्ता तिज बिशेष कार्यक्रममा खाने नाचगान गर्ने मात्र नभएर यसरी पुर्वाअञ्चल अपाङ्ग रअसहाय बृद्ध सेवा केन्द्र ले समाजका उदाहरणीय नारी हरुलाई सम्मान गरि हौसला प्रदान गर्ने कार्य अघि बढाएको छ।

कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका वाड न १ का वडा अध्यक्ष निरज कार्की रहेका थिए भने, विशिष्ट अतिथी मिना पुलामी रहेकी थिइन। दिदीबहिनी हरुको भेटघाट र रमझमका साथ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

Comments