•  ६ जेष्ठ २०८१, आईतवार
  •  5:21:10 PM

अखिल नेपाल महिला सङ्घको तीज विशेष विचार गोष्ठी

- भाद्र २६, २०८० मा प्रकाशित


इटहरी : अखिल नेपाल महिला सङ्घ, कोसी प्रदेश समितिको महिला विभागले इटहरी लायन्स क्लबको सभाकक्षमा विचार गोष्ठीसहित तीज कार्यक्रम सम्पन्न गरेको छ ।

विभागकी अध्यक्ष तुलसा धितालको अध्यक्षतामा सम्पन्न कार्यकम्रकी प्रमुख अतिथि विभागकी केन्द्रीय स्थायी समिति सदस्य विष्णुसुधा खड्का रहेकी थिइन् । उनले तीजजस्ता चाडपर्वलाई रामरमितोसहित जागृति तथा चेतनामूलक रचनात्मक काम गरेर मनाउनुपर्ने बताइन् ।

किसान सङ्घ प्रदेश अध्यक्ष तथा विशेष अतिथि दुर्गा थापाले कृषि क्रान्तिको औचित्यसहित वैचारिक प्रशिक्षण दिएका थिए ।

विशेष अतिथि मदन भण्डारी फाउण्डेन कोसी प्रदेश सदस्य मिथिला पोखरेलले २०१०, ०११ सालदेखि किसान हकहितका सवालमा आन्दोलन गरेर हक प्राप्त गरेको बताउँदै खेती किसानी गर्ने श्रमजीवी वर्ग अन्नदाता भएको बताइन् ।

किसानका केन्द्रीय सदस्य लोकेन्द्र सञ्जेल, अनेम सङ्घ केन्द्रीय सदस्य रुक्मिणी कोइराला, दुर्गा घिमिरे, गोमा सिंह, अम्बिका चौधरी तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ सुनसरीकी ऋचा घिमिरे र प्रसिद्ध गायिका गङ्गा गौतमले आआफ्ना विचार तथा तीज गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा दरस्वरुप करिब दुई सय सहभागी महिलालाई खीर र तरकारी भोजन गराइएको थियो ।

Comments