•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:09:38 AM

एमाले लुम्बिनीको अधिवेशन : नेतृत्वका लागि आज मतदान हुँदै

- भाद्र १९, २०८० मा प्रकाशित


लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) बिहान मतदान हुँदैछ । हिजै हुने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

radhkrishna hari kBqV4gTAlB
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दबाब दिए पनि दुवै समूहमा कुनै सहमति हुन सकेन । अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेल र हरि रिजाल दुईटा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षलाई एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् ।

दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध भएका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यका लागि निर्वाचन हुन लागेको हो । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनमा आज मतदान हुन लागेको हो । निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले बिहान ७ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिए ।

Comments