•  ५ जेष्ठ २०८१, शनिबार
  •  10:09:37 AM

झण्डै एक महिनापछि संसद बैठक सञ्चालन

- भाद्र ६, २०८० मा प्रकाशित


काठमाडौं । झण्डै एक महिनापछि प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो । गएको साउन १० गतेबाट एमाले सदन अवरोध गर्दै आएको छ ।

ब्रेक ‘सु’ मा लुकाएर ल्याइएको सुन तस्करीमा संलग्नहरूको उच्चस्तरीय छानिबन समिति बनाएर छानबिन प्रकृया अघि नबढाए सदन चल्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको हो । एमाले अवरोधका कारण साउन महिनाको १५, १६, २२, २३, २४, २६ र २९ गते बोलाइएको बैठक बस्न सकेको थिएन ।

यस्तै भदौ ३ र ५ गतेको पनि बैठक सञ्चालन हुन सकेन । भदौ ६ गते अर्थात् आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको हो । सीआईबीको छानबिनपश्चात् समिति निर्माण गर्ने लिखित सहमति दलहरूबीच भएको छ ।

Comments