•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:53:00 PM

किशोरोलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

- श्रावण २, २०८० मा प्रकाशित


दाङ । रोल्पाकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङमा २६ वर्षीय युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए । उनलाई थुनामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Comments