•  ५ जेष्ठ २०८१, शनिबार
  •  6:53:55 PM

हेवाखोलामा ‘डाइभर्सन’ बनाई पाँचथर–ताप्लेजुङ सडक खण्ड सञ्चालन

- असार १८, २०८० मा प्रकाशित


पाँचथर । पाँचथरको हेवाखोलामा ‘डाइभर्सन’ बनाई मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम–ताप्लेजुङ सडक खण्ड सञ्चालनमा ल्याइएको छ । हेवाखोलामा ह्युम पाइप र पेनस्टक पाइप राखेर डाइभर्सन निर्माण गरिएपछि गए रातिदेखि यो सडक खण्डमा गाडी चल्न थालेको हो ।

हिलिहाङ–७ र फिदिम–४ जोड्ने हेवाखोलामा असार १२ र १३ गते दुई पटक डाइभर्सन निर्माण गरेर सडक सञ्चालनमा ल्याए पनि पुनः बाढी आएपछि गएको बिहीवारदेखि आवागमन ठप्प भएको थियो ।

असार २ गते शनिवार राति हेवाखोलामा आएको बाढीले बेलिब्रिज र मोटरेबल पुल बगाएपछि यो सडक खण्ड पटक–पटक बन्द हुँदै र खुल्दै आएको छ । बाढीले पुल बगाएपछि हेवा खोला पारि पर्ने पाँचथरका फालेलुङ, हिलिहाङ र याङवरकसँगै ताप्लेजुङ जिल्लाको सडक सम्पर्क टुटेको थियो । पुल बगेको ठाउँमा सडक डिभिजन इलामले बेलिब्रिज निर्माणको काम गरिरहेको छ । तर बेलिब्रिज निर्माणको काम सुस्त भएको स्थानीयको गुनासो छ ।

Comments