पतिको मृत्युपछि शोक–पुस्तक लेखिन्, तर उनैले हत्या गरेको खुलेपछि पक्राउ
- बैशाख २७, २०८० मा प्रकाशित
एजेन्सी । अमेरिकाको यूटामा एक महिलाले पतिको अचानक मृत्युपछि शोक पुस्तक लेखेकी थिइन्। पुस्तक प्रकाशनको दुई महिनापछि पतिको हत्याको आरोपमा उनलाई पक्राउ गरिएको छ।तीन बच्चाकी आमा कुरी रिचिन्सले मार्च २०२२ को एक रात सुतिरहेका पति एरिक छाम्दा चिसो भएको भन्दै प्रहरीलाई फोन गरेकी थिइन्।
बेलुका सुत्नेबेला पतिका लागि आफूले भोड्का तयार गरेको उनको भनाइ थियो।पोस्टमार्टममा एरिक फेन्टानिल नामक लागुऔषधको ओभरडोजका कारण मृत्यु भएको पाइयो।एक व्यक्तिलाई मार्नेभन्दा पाँच गुणा बढी फेन्टानिल उनको शरीरमा भेटिएको थियो।
त्यसअघि कुरीले लागुऔषध कारोबरको आरोपमा पहिले नै पक्राउ परिसकेका व्यक्तिसँग दुई पटक सो लागुऔषध किनेकी थिइन्।पहिलो पटक उनले लागुऔषध किनेको तीन दिनपछि भ्यालेन्टाइन डेको रात्रिभोजपछि पनि एरिक बिरामी परेका थिए।
एरिकले आफूलाई पत्नीले विष दिएको पनि साथीहरुसँग बताएका थिए।दुई सातापछि कुरीले थप लागुऔषध किनिन्। जसको केही दिनपछि नै पति मृत भेटिए।उनले प्रहरीलाई भोड्का तयार गरेर बेडमा दिएको र आफू सुतेको तर राति ब्युँझिँदा पति चिसो भेटिएको बताएकी थिइन्।
हालै उनले प्रियजनको मृत्युको शोकसँग जुध्न बच्चाहरुलाई सघाउने उदेश्यले ‘आर यु विद मि?’ नामक पुस्तक पनि लेखेकी थिइन्।यो पुस्तकले आफू र आफ्ना तीन छोरालाई शान्ति दिलाउने पनि उनको भनाइ थियो।पुस्तक उनले मृत पतिलाई नै समर्पण गरेकी थिइन्।तर, दुई महिनापछि उनी पक्राउ परिन्। मार्च १९ मा उनको सुनुवाइ तोकिएको छ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments