तातोपानी नाका पनि दुईतर्फी खुल्यो, सामान आयात निर्यात सुरु
- बैशाख १८, २०८० मा प्रकाशित
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चीन सहमत भएसँगै यो नाकाबाट पनि रसुवागढीपछि दुइतर्फी आयात निर्यात सुरु भएको हो।सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए।
गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि यो नाकालाई २०७२ को भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार नै नेपाल र चीन दुवैतर्फबाट यो नाकाबाट आयात निर्यात खुल्ला भएको हो। यसअघि यो नाका चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा आएको थियो। अब २०७२ अघि जस्तै नेपालबाट पनि सामग्री लैजान थालिएको हो।
नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमतिअनुसार अनुसार तातोपानी नाकाबाट भूकम्पअघिकै अवस्थामा दुईतर्फी व्यापार र नागरिकको आवतजावत सुचारु गरिएको हो। तर दु्वैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन अझै समय लाग्ने बताइएको छ। मजदुर दिवसमा चीनमा पाँच दिन बिदा र नेपालतर्फ अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानिस आवतजावत गर्न अझै केही समय लाग्ने जनाइएको छ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments