झापाका किसनालाई राहत उपलब्ध गराउन सराेकारवाला संग सिफारिस
- बैशाख १३, २०८० मा प्रकाशित
झापा । असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्याएपछि झापाका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।
गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
क्षति भएको क्षेत्रफल र सम्बन्धित बालीको प्रतिकठ्ठा उत्पादन लगतको आधारमा रू छ करोड ५१ लाख ९० हजार छ सय १५ राहत उपलब्ध गराउन सिफारिस गरिएको हो । असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति पुर्याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय दुई जना किसानले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू चार करोड ४६ लाख ६३ हजार ५६ क्षति भएको छ ।
त्यस्तै, विर्तामोड नगरपालिकाको चार वटा वडामा छ सय ७९ जना किसानले दुई सय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू एक करोड ५४ लाख ८८ हजार आठ सय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।हल्दिबारी गाउँपालिकाको एक वटा वडाका ४० जना किसनाको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एक वटा वडाका दुई जना किसानको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुई वटा वडामा ९४ जना किसानले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
उत्पादन लागतको आधारमा मकैको प्रतिकठ्ठा रू दुई हजार १३ र तरकारीको रू पाँच हजार एक सय ३० निर्धारण गरी क्षति विवरण सङ्कलन गरी राहतका लागि सिफारिस गरेर पठाइएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments