•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:51:48 AM

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

- बैशाख ३, २०८० मा प्रकाशित


काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । अस्ति शुक्रवार नयाँ वर्ष र हिजो शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Comments