•  ६ जेष्ठ २०८१, आईतवार
  •  4:25:17 PM

माेरङकाे रंगेलीबाट दुई सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ

- चैत्र १५, २०७९ मा प्रकाशित


इटहरी । मोरङमा दुई सय ३४ किलो गाँजा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेली २ सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका वडा नम्वर २ स्थित चेका खोला नजिकै गँहुबारीबाट प्रहरीले गाँजा सहित नियन्त्रणमा लिएको जनाएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने वर्ष २९ को दिपक झा, अररियाको हाँसा पञ्चायत बस्ने ३० बर्षीय सिन्टुक कुमार सिँह, भारत कुटहरा बस्ने बर्ष २४ को प्रबिण पासवान र कटापुर बस्ने बर्ष २४ को बिष्णु कान्त मिश्र र रंगेली नगरपालिका वडा नम्वर ३ रन्जनीका ४६ बर्षीय बीरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये चार जना भारतीय र एक जना नेपाली रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तिहरुको साथबाट दुई सय ३४ किलो गाँजा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले जानकारी दिए । पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Comments