१० वर्षमा मोरङको जनसंख्या १.६६ प्रतिशतले वृद्धि : सुन्दरहरैंचा धेरै जनसंख्या भएकाे दाेश्राे ठुलाे शहर
- चैत्र १३, २०७९ मा प्रकाशित
इटहरी । राष्ट्रिय जनगणना २०७८ का अनुसार मोरङका १० वर्षको अवधिमा १.६६ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । २०७८ को तथ्यांक अनुसार मोरङको कुल जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ । जसमा ५ लाख ५७ हजार ५१२ पुरुष र ५ लाख ९० हजार ६४४ महिला रहेका छन् ।
२०६८ सालको जनगणना अनुसार मोरङको जनसंख्या ९ लाख ६५ हजार ३७० रहेको थियो । पछिल्लो १० वर्षमा १ लाख ८२ हजार ७८५ जनसंख्या वृद्धि भएको हो ।
तथ्यांक अनुसार विराटनगर महानगरपालिकामा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै र मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको छ । विराटनगरको जनसंख्या २ लाख ४३ हजार ९२७ र मिक्लाजुङको ३३ हजार १६७ रहेको छ । विराटनगरपछि सबैभन्दा बढी सुन्दरहरैँचा नगरपालिकाको जनसंख्या १ लाख २० हजार २१३ रहेको छ । यस्तै बेलबारीमा ८१ हजार ७७१, लेटाङमा ३८ हजार १५२, पथरीमा ७२ हजार ४५१, रंगेलीमा ५७ हजार ४९४, रतुवामाईमा ६१ हजार १३९, उर्लाबारीमा ७० हजार ९०८ र सुनवर्षीमा ५६ हजार ३४ जनसंख्या रहेको छ ।
त्यसैगरी धनपालथान गाउँपालिकामा ४५ हजार ३४८, ग्रामथानमा ३६ हजार २४, जहदामा ४७ हजार ६३९, बुढिगंगामा ५१ हजार ४९७, कानेपोखरीमा ४३ हजार १९३, कटहरीमा ४८ हजार ५१० र केराबारीमा ३४ हनार ५०४ जनसंख्या छ । यस्तै संस्थागततर्फ मोरङको जनसंख्या ६ हजार १८५ रहेको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments