•  ६ जेष्ठ २०८१, आईतवार
  •  9:38:30 AM

कोशी प्रदेशमा आज सार्वजनिक विदा

- फाल्गुन १८, २०७९ मा प्रकाशित


इटहरी । कोशी प्रदेशले आज (बिहीबार) सार्वजनिक विदा दिएको छ । प्रदेशले बुधबारल नाम पाएको अवसरमा आज (बिहीबार) सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।बुधबार बसेको सभाको बैठकले प्रदेशको ‘कोशी प्रदेश’ नाम बहुमतले पारित गरेको थियो । कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ । 

बुधबार प्रदेश सभामा भएको मतदान प्रकियामा चार जना प्रदेश संसद अनुपस्थित रहे ।नेकपा एमाले सांसद रामबहादुर मगरले कोशी प्रदेश नाम प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी भने प्रस्तावको विपक्षमा थिए । कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद तथा विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

Comments