•  ६ जेष्ठ २०८१, आईतवार
  •  12:44:53 PM

प्रदेश एककाे नाम ‘कोसी’ बहुमतले प्रारित , केहि समयपछि मतदान हुने

- फाल्गुन १७, २०७९ मा प्रकाशित


इटहरी । प्रदेश १ को नाम कोसी प्रदेश बहुमतबाट प्रारित भएकाे छ । प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बूवान सगरमाथा’ नामाकरण गर्ने प्रस्ताव अस्वीकृत भएसंगै काेशी बहुमतले प्रारित भएकाे हाे ।

नेकपा (एमाले)का राम रानाले प्रस्ताव गरेको कोशी प्रदेश बहुमतले पारित भएकाे हाे । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा  मत जाहेर गर्न भनेका थिए ।

प्रदेश एककाे नाम काेशी मा ८२ सांसदले हात उठाएर समर्थन गरेका छन भने बिपक्षमा ४ जनाले मात्र हात उठाएका थिए । बहुमतबाट प्रारित भएकाे काेशी प्रदेशकाे प्रस्तावलाइ  अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।

Comments