•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:08:11 AM

एक नं प्रदेशकाे नाम काेशी राख्न कांग्रेस , एमाले सहमत , माओवादी लगायतले मानेन

- फाल्गुन १७, २०७९ मा प्रकाशित


इटहरी । एक नं प्रदेशकाे नाम काेशी राख्न कांग्रेस , एमाले सांसदहरूबिच सहमत भएपनि माओवादी लगायतले बिराेध जनाएकाे छ । माओवादी संगै एकिकृित समाजवादी र जसपाले भने पहिचानकाेआधारमा नाम राख्नुर्पे अडान थापेका छन ।

प्रदेशमा राप्रपा पनि भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा उभिएकाे छ । कांग्रेस एमाले र राप्रपाका सांसदहरूले प्रदेश एककाे नाम काेशी राख्ने सहमत अनुसार बुधबारकाे अधिवेशनमा यहि नाम प्रस्ताव गर्ने भएका छन भने  माओवादी संगै एकिकृित समाजवादी र जसपाले भने किरात ,लिम्बूवान किरात र कोसी किरात मध्ये एउटा नाम प्रस्ताव गर्ने तयारी थालेका छन ।

यदयपी दलहरू बिच प्रदेशकाे नामाङकरण बिषयमा साझा सहमती भने अझै जुटेकाे छैन । संसदमा छलफल जारी रहेकाे छ । 

Comments