विराट गोल्डकपको तयारी तिब्र
- माघ २६, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी भइरहेको आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । विराट गोल्डकप शहिद रंगशाला विराटनगरमा चैत ९ गतेबाट सुरु हुनेछ । फल्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको प्रतियोगितामा नेपाली र विदेशी टिमको सहभागीतामा हुने छ । प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका कार्यकारी निर्देशक सुवाशीश कोइरालाले जानकारी दिएका छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग खेलेको थियो ।
ए डिभजन टोली संकटा क्लब , नेपाल पुलिस क्लब , त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र एफसी र थ्रीस्टार क्लबले विराट गोल्डकप खेल्नेछन् । २ वटा विदेशी टोलीलाई समावेश गराउने गरि तयारी भइरहेको छ । प्रतियोगिताका लागि विराटनगरको शहिद रंगशाला मर्मतको काम भइरहेको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments