•  ६ जेष्ठ २०८१, आईतवार
  •  9:21:07 AM

गृहमन्त्रीले बोलाए ७७ वटै जिल्लाका सिडिओ र सुरक्षा प्रमुखको ‘भर्चुअल’ बैठक

- पुष १८, २०७९ मा प्रकाशित


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन बैठक डाकेका छन् । लामिछानेले आज बिहान ९ बजे सुरक्षा संयन्त्रको ‘भर्चुअल’ बैठक बोलाएका हुन् ।

बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिएका छन् । 

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचारलगायतका विषयमा छलफल हुनेछ । त्यसपछि दिउँसो २ बजे विपद् व्यवस्थापन समितिको बैठक पनि बोलाइएको छ । विपद् व्यवस्थापनमा पनि ७७ वटै जिल्लाका सिडियोहरु हुनेछन् । 

Comments