•  ५ जेष्ठ २०८१, शनिबार
  •  5:23:09 AM

३ सय किलो गाँजासहित रंगेलीबाट २ जना पक्राउ 

- पुष १७, २०७९ मा प्रकाशित


बिराटनगर ।  प्रहरीले मोरङको रंगेलीबाट तीनसय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ  । आइतबार दिउँसो साढे ४ बजे रंगेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले तीन सय किलो गाँजा बरामद गरेको हो ।  

गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा ३ सय किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा दिउँसो साढे ४ बजेतिर गाँजा फेला परेको हो । 

प्रहरीले गाँजासहित ४२ वर्षीय राजवंशी र धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरेको छ । राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments