•  ६ जेष्ठ २०८१, आईतवार
  •  8:06:22 AM

आमा बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभा सम्पन्न

- पुष १७, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहरास्थित आमा बचत तथा ऋण सहकारी संस्थाले  १३ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष कमला खडकाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सहकारी स्थापनाकाल देखि अहिले सम्म विभिन्न क्षेत्रबाट बिषेश योग्दान पुर्याउने ब्याक्तीत्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट ऋणी , र्कमचारी तथा ज्येष्ठ नागरिक सेयर सदस्य,एकल महिला लगायत लाइै सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा ७७ वर्षीया माया देवि श्रेष्ठ, ७० वर्षीया फुवावती धामी,६९ वर्षीया पवित्रा तिम्सिना ,६८ वर्षीया राममाया खडका , र ६७ वर्षीया कमला सन्यासी रहेका छन ।   कार्यक्रममा संस्थाकि अध्यक्ष कमला खडकाले सहकारीले एक वर्षको अवधिभर गरेको प्रगती प्रतिवेदन पढेर सुनाएकी थिइन  ।vlcsnap-2022-12-31-18h35m50s208

उक्त प्रतिवेदन अनुसार संस्थाले एक वर्षमा कुल ६ करोड २९ लाख बढीको कारोबार गरेको छ भने कुल नाफा ५ लाख १२ हजार भएको जनाइंएको छ ।

र्कायक्रममा प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले पछिल्लो समय आँखा चिम्लेर ऋण बाडिदा धेरै जसो सहकारीहरु धरासयी बन्न पुगेको र त्यस तर्फ बिशेष ध्यान पुृर्याउन सञ्चालक समितीलाइ आग्रह गरेकि थिइन ।IMG_20221231_133820

महिलाहरुलाइ चुलो चौकामा मात्र सिमित नभइ सामाजिक क्षेत्रमा पनि उत्तीकै किृयाशिल बनाउन सहकारीले निकै महत्वर्पुण भुमिका र्निवाह गरेको भन्दै उपप्रमुख चौधरीले संस्थाको उत्तरोत्तर प्रगतीको कामना सहित सुभकामना दिएकी थिइन ।

सस्थाकी उपाध्यक्ष विष्णुमाया गुरुङको सम्योजकत्वमा भएको कार्यक्रममा  सहकारीका सल्लाहार तथा इटहरी उपमहानगरपालिका प्रसाशन प्रमुख सञ्जिव खडका ,नेकपा एमाले वडा नं २० का संयोजक रविन्द्र खडका लगायतले सुभकामना मन्तब्य राखेका थिए । आमा बचत तथा ऋण सहकारी संस्थामा हाल ६०० भन्दा बढि शेयर सदस्यहरु रहेका छन । 

Comments