प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ
- पुष ११, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् ।
९२ मध्ये ६ जना प्रदेश सांसदले मातृभाषामा शपथ लिए । प्रदेश सांसदमा पाँचथर १(२) बाट निर्वाचित इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित खिनुलङ्वा लिम्बु, पाचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, ताप्लेजुङ् १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र निर्मला लिम्बुले मातृभाषा यक्थुङ/लिम्बु भाषामा शपथ लिएका हुन् । सुनिता गच्छदार चौधरीले थारू भाषामा शपथ लिएकी हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments