•  ६ जेष्ठ २०८१, आईतवार
  •  12:20:23 PM

एमालेबाट सरकारमा पठाउने मन्त्री छान्न बालकोटमा अध्यक्ष ओलीसहित ३ नेताको बैठक

- पुष ११, २०७९ मा प्रकाशित


इटहरी । सरकारमा पठाउने नेता छान्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल अहिले छलफलमा छन्।ओली निवास बाल्कोटमा तीन नेता छलफल गरिरहेको बालकोट स्रोतले जनाएको छ  ।

एमालेले प्रचण्ड नेतृत्वको सरकारमा बढीमा ६ मन्त्रालय पाउन सक्ने देखिन्छ ।बैठकले प्रचण्ड नेतृत्व सरकारमा कसलाई नेतृत्व गरेर पठाउने, को को मन्त्री पठाउने निर्णय गर्नेछ। आइतबार प्रधानमन्त्री नियुक्त प्रचण्डले आजै सानो मन्त्रीमण्डल बनाउँदै छन्।

Comments