•  ६ जेष्ठ २०८१, आईतवार
  •  1:45:05 PM

आजै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी

- पुष ११, २०७९ मा प्रकाशित


काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथसँगै आज (सोमबार) नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी भएको छ ।

पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नयाँ गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादीलगायतका दलको आन्तरिक बैठक पनि बस्दै छ ।

एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि पौडेल केपी शर्मा ओलीको पछिल्लो सरकारमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका थिए । यस पटक पनि उनले अर्थमन्त्री पाउने सम्भावना रहेको जनाइएको छ ।

Comments