•  ६ जेष्ठ २०८१, आईतवार
  •  9:38:43 AM

ब्यवस्थापन अभावले संकटमा जङ्ग्ली जनावर : एक वर्षमा ५ ओटा हात्ती मरे

- पुष ११, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीसहित प्रदेश १ मा एक वर्षमा पाँच वटा जङ्गली हात्तीको मरेका छन् । प्रदेश १ को झापा, सुनसरी र उदयपुर गरेर तीन जिल्लामा वर्षमा पाँच वटा हात्ती मरेका हुन् । कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवका सबै हात्ती करेन्ट लागेर मरेको पाइएको छ । यादवकाअनुसार प्रत्येक वनक्षेत्रमा हात्ती जोखिममा छन् ।

 कोसीटप्पु वन्यजन्तु आरक्षसम्म भारतको आसामबाट आउने हात्तीको आक्रमणबाट र स्थानीयले थापेको विद्युतीय धरापमा परेर हात्ती मर्ने गरेका छन् । यादवका अनुसार शुक्रबार मात्रै वराहक्षेत्र २ को कौशिका सामुदायिक वन क्षेत्रभित्र समेत जङ्गली हात्ती मृत अवस्थामा भेटिएको छ । योसहित झापामा दुई, सुनसरीमा दुई र उदयपुरमा एक गरेर प्रदेश १ का तीन जिल्लामा पाँच जङ्गली हात्ती मरेका हुन् ।

वन्यजन्तु र मानव द्वन्द्वमा कारणले प्रदेश १ को झापा, सुनसरी र उदयपुरमा जिल्लामा एक वर्षमा पाँच र १६ महिनामा सात वटा जङ्गली हात्तीको ज्यान गएको आरक्ष क्षेत्रका स्थानीय हरि यादवले बताए ।

उता सुनसरीको वराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र मृत भेटिएको हात्तीको पशु भेटेनरी तथा विज्ञसहितको टोलीले पोस्टमार्टम गरेको केन्द्रका चिनेश्वर मेहताले जानकारी दिए । सब डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीका अनुसार अन्दाजी ३०–४० वर्षको देखिने हात्ती शुक्रबार बिहान मृत अवस्थामा भेटिएको थियो । कोसीटप्पु वन्यजन्तु आरक्षको विज्ञ टोलीसहित वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको थियो ।

Comments