•  ६ जेष्ठ २०८१, आईतवार
  •  9:38:37 AM

इटहरीकाे कृषि फर्मले विश्व बैंककाे अनुदानमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सुरूवात गर्ने

- पुष १०, २०७९ मा प्रकाशित


इटहरी । इटहरीमा बिगत १० वर्ष देखि कृषि पेशामा आधरित रहि बिभिन्न क्षेत्रहरूसंग सहकार्य गर्दै आएको इटहरी कृषि फर्मले बिश्व बैंकको अनुदानमा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको सुरूवात गर्ने भएको छ । 

आयोजनाबारे आइतबार साझ पत्रकार भेटघाटमा कृषि तथा पशुपालन सम्बन्धि काम गर्न योजना सहितको बजेट बिनियोजन गरिएको जनाइएको छ । नेपालभरीका कृषहरूमध्ये उत्कृस्ट छानिएको इटहरीको कृषि फर्मलाइ बिश्व बैंकले रू ५१ लाख ४० हजार प्रदान गरेसंगै उक्त आयोजना सुरू गर्ने भएको हो । 

आयोजनाकै लागी बिश्व बैंकले अनुदान रकम दिने भएपछि भवन निर्माणको काम सुरू गरिएको इटहरी कृषि फर्मका ब्यवस्थापक निर्मल श्रेष्ठले बताए । उक्त आयोजनाको कुल लागत भने १ करोड २ लाख ८० हजार रहने जनाइएको छ । 

उक्त आयोजनाभित्र पशु तथा चौपाया पालन पोषण एवम स्पस्थ्य र गुणस्तरीय मासु बिक्री बितरण ,स्वोदेशमै रोजगार शिर्जना र आधुनीक खोर निर्माण गरी उन्नत जातका बाख्रा बिक्री बिरण गर्ने जस्ता रहेका छन ।

Comments