•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:07:55 AM

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त , भाेली नै शपथ

- पुष १०, २०७९ मा प्रकाशित

इटहरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डरीले नयाँ सरकार गठनको लागि दिएको समयसीमा आज साँझ ५ बजेबाट सकिँदै थियो। यस्तोमा प्रचण्डले ६ दलका १६६ जना सांसदको समर्थनसहित सरकारमा दाबी गरेका थिए। 

प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्रपा, जनमत पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले समर्थन गरेका छन्। तिनै सांसदहरुको समर्थन लिएर प्रचण्डले राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार गठनको दाबी राष्ट्रपति समक्ष पेश गरका हुन्।

यसैबिच नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ ।  अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।

Comments