•  ६ जेष्ठ २०८१, आईतवार
  •  1:45:15 PM

खाेटाङकाे दिक्तेलमा यात्रुवाहक वस दुर्घटना : ६ जना घाइते

- पुष १०, २०७९ मा प्रकाशित


इटहरी । खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरुलाई अस्पताल पुर्‍याउने काम जारी छ ।

Comments