•  ६ जेष्ठ २०८१, आईतवार
  •  2:03:28 PM

विश्वप्रकाशको आग्रह : रास्वपालाई पनि ल्याएर सरकार बनाऊ, गठबन्धन टुट्न नदिऊ

- पुष १०, २०७९ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बताएका छन् । सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि समेटेरड नयाँ सरकार गठन गर्नुपर्ने सुझाव राखेका छन् ।

उनले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले २-२ वर्ष तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गरेर जानुमै परिपक्कता हुने भन्दै उनले त्यसलाई कार्यान्वयनमा पारदर्शिता र एकता जरुरी रहेको बताएका छन् ।

Comments