•  ६ जेष्ठ २०८१, आईतवार
  •  1:01:47 PM

अविरल सहकारीकाे १२ औँ वार्षिक साधारणसभामा पत्रकार कार्की सहित आधा दर्जन सम्मानीत

- पुष १०, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरीस्थित अविरल बचत तथा ऋण सहकारी संस्थाले शनीबार १२ औँ वार्षिक साधारणसभाकाे अवसर पारेर इटहरीका कृयाशिल सञ्चारकर्मी दिपक कार्की सहित आधा दर्जनलाइ नगद सहित सम्मान गरेकाे छ । 

अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुबेर बरालको अध्यक्षता तथा १ नम्बर प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्की सहित एसइइमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तती, ज्येष्ठ नागरिक , उत्कृष्ट कारोवार गर्ने दशरथ ढकाल , उत्कृष्ट बचतकर्ता स्माइल अन्सारी , नियमित बचतकर्ता लोक प्रशाद भट्टराई, ,उत्कृष्ट बाल बचतकर्ता संयोग जंग थापा व्यवसायीलाई समेत सम्मान गरिएको थियो । 

सो अवसरमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बरालले २०७६सालमा २६जना शेयर सदस्यहरुबाट स्थापना गरिएको सहकारीमा हाल ७ सय ५७ जना शेयर सदस्य पुगेको जानकारी गराए ।शेयर पुँजी एक करोड ७४ लाख ५१ हजार ५ सय पुगेको समेत अध्यक्ष बरालले साधारणसभालाई जानकारी गराए । 

अविरल वचत तथा ऋण सहकारीले कृषि कर्जा ,सामाजिक कर्जा , व्यावसायिक कर्जा , कर्मचारी सहुलियत कर्जा उपलव्ध गराउदै आएको सहकारीका उपाध्यक्ष डिल्ली प्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा बिशिष्ट अतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीकी वरिष्ठ उपाध्यक्ष योगमाया सुवेदि ,नेफ्स्कुन शाखा प्रमुख मुकेस दाहाल , सेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिर्थ अधिकारी , अविरल सहकारीका र्पूव अध्यक्ष बिक्रम घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

Comments