•  ६ जेष्ठ २०८१, आईतवार
  •  11:41:00 AM

वेलगाछी टोल विकास संस्थाको साधारण सभा : १४ जना जेष्ठ नागरिक सहित अन्यलाई गरियाे सम्मान

- पुष ९, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बेलगाछी टोल विकास संस्थाले अध्यक्ष टंकबहादुर गेलालको अध्यक्षता एवं इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भक्तबहादुर तामागंको प्रमुख आतिथ्यतामा प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

साधारणसभाको अवसरमा सोही वडाका निवर्तमान वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई, टोल विकासभरिका भर्खरै स्नातकोत्तर गरेका इन्दिरा गेलाल र बिसप पौडेल साथै एसइइमा उत्कृष्ट नम्बर ल्याउने टोल विकास क्षेत्रका विद्यार्थीहरु रचित श्रेष्ठ, श्रमिका ढकाल सहित ज्येष्ठ सदस्यहरुलाई सम्मान गरियो । 

प्रथम साधारणसभाले पुनः टंकबहादुर गेलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा भारती श्रेष्ठ , सचिव राजु ढुंगाना , सहसचिव योगेन्द्र ढकाल , कोषाध्यक्ष सुस्मा पाठक , सहकोषाध्यक्ष ललिता घिमीरे, सदस्यहरुमा उत्तम न्यौपाने ,वावुराम तामागं ,दिपा गड्तौला , सर्मिला गजमेर,अजीता सुवेदी, दलबहादुर राउत,शुशिला पौडेल खतीवडा रहेको जनाइएको छ । 

यस्तै सल्लाहाकार समीतीमा नेत्र प्रसाद पौडेल,कृष्ण प्रसाद घिमिरे र विजया प्याकुरेललाई सर्वसम्मत चयन गरीएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिकका महेश सुवेदी, जेष्ठ नागरिक मञ्चका अध्यक्ष चक्र न्यौपाने, हरियाली टोल विकास संस्थाका अध्यक्ष विक्रम श्री, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष शिव कार्की, मनकामना टोल विकास संस्थाका अध्यक्ष वीर बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

Comments