•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:30:42 AM

पत्रकार महासंघकाे साधारण सभामा राष्ट्रपतीकाे सम्बाेधन : कर्णालीलाई लुम्बिनी भनेपछि मागिन माफी (फाेटाे फिचर)

- पुष ८, २०७९ मा प्रकाशित


इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् । ‘परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ’, उनले भनिन्, ‘यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।’

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन् । यसैबिच राष्ट्रपती भण्डारीले कर्णाली प्रदेशलाइ लुम्बीनी भनेपछि एकछिन माहाेल अर्कै बनेकाे थियाे । भिडबाट हल्ला हुन थालेपछि राष्ट्रपती भण्डारीले तत्काल माफि मागी पुनःकर्णाली प्रदेश भनेकि थिइन । 

 साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गरे । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताए ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उनले जनाए । ‘प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्’, महासचिव पोखरलले भने, ‘यद्यपि दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।’

Comments