•  ६ जेष्ठ २०८१, आईतवार
  •  1:01:55 PM

त्रिभुवन विमानस्थल भन्सारबाट साढे १९ किलो सुन बरामद

- पुष ८, २०७९ मा प्रकाशित


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट साढे १९ किलो अवैध सुन बरामद भएको छ । फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।

त्रिभुवन विमानस्थल प्रहरीकाअनुसार उक्त सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हो । यो सबै सुन झोलमा परिणत गरेर खाडी हुँदै जहाजबाट नेपाल छिराएको खुलेको छ । प्रहरी र विमानस्थल भन्सारले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन् ।

Comments