‘कान्तरा’ माथि गीत चोरीको आरोप
- मंसिर १८, २०७९ मा प्रकाशित
मुम्बई । बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्सअफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ । थिएटरको सफलतापछि यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ ।
ओटिटीमा रिलिज हुनासाथ फिल्म विवादमा तानिएको छ । केरलाको सांगीतिक ब्याण्ड थाइकुडम ब्रिजले फिल्ममा प्रयोग गरिएको गीत ‘भराहा रुपम’ आफ्नो गीत ‘नवरसम’ बाट चोरेको दाबी गरेको छ । उनीहरूले अमेजन प्राइम भिडियोविरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् । ब्याण्डको चेतावनीपछि ओटिटी प्लेटफर्मले फिल्मबाट उक्त गीत हटाएको छ । केही समयअघि ब्याण्डले सामाजिक सञ्जालमार्फत आफूहरू ‘कान्तरा’सँग नजोडिएको जानकारी दिएको थियो । ‘फिल्ममा प्रयोग गरिएको ‘भराह रुपम’ र हाम्रो गीत ‘नवरसम’ मिल्दोजुल्दो छ । हामीले कानूनी प्रक्रिया अगाडि बढाइसकेका छौं’, ब्याण्डले भनेको छ । दर्शकले भने फिल्मको गीतलाई निकै मन पराएका थिए ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments