•  ६ जेष्ठ २०८१, आईतवार
  •  5:21:15 PM

पूर्व मन्त्री गोकुल बाँस्कोटा निवास घरमा शंकास्पद वस्तु फेला

- मंसिर १८, २०७९ मा प्रकाशित


भक्तपुर । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरको लोकन्थलीमा शंकास्पद वस्तु भेटिएको छ ।बाँस्कोटाका सहयोगी नवराज ढकालले लोकन्थलीस्थित निवासमा प्रेसर कुकर जस्तो शंकास्पद वस्तु देखिएको जानकारी दिए ।

‘प्रहरी आएर चेकजाँच गरिरहेको छ,’ उनले भने ।बाँस्कोटा निवासमा शंकास्पद पोको देखिएकाले चेकजाँच भइरहेको भक्तपुर प्रहरीका डीएसपी राजु पाण्डेले बताए । पूर्वमन्त्री बाँस्कोटा भने गृहजिल्ला काभ्रेमा रहेका छन् ।

Comments