धरान एकल महिला उषा राई हत्या प्रकरण : दोषीलाई कारबाही गर्न माग
- मंसिर १७, २०७९ मा प्रकाशित
कर्णाली । मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् ।
‘राईमाथि दानवीय प्रवृत्ति देखाइएर गरिएको कुकृत्यप्रति भत्र्सना व्यक्त गर्दछौं’, अध्यक्ष नगालले भनिन्, ‘यो घटनाबाट मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार पूर्णतः हनन भएको छ ।’ विशेष गरी समाजमा अपहेलित भएर बस्नुपरेका एकल महिलाको जीउ ज्यानको सुरक्षा र सम्मान जीवनको सुनिश्चितता राज्यले गर्नुपर्नेमा उनले जोड दिइन् ।
यही मंसिर ३ गते राईमाथि कुटपिट हुँदा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउने पक्षमा उभिन मानवअधिकारकर्मी, पत्रकार, सञ्चारकर्मी तथा सम्पूर्ण न्यायका पक्षधरलाई समूहले अपिल गरेको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ६, २०८१Играйте и Ваши Любимые Слот
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit
Comments