•  ६ जेष्ठ २०८१, आईतवार
  •  2:46:13 PM

सुनसरी ४ मा एमालेका कुसियतलाइ ११२ मतान्तरले हराउदै ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

- मंसिर १५, २०७९ मा प्रकाशित


इटहरी । नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३०  हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३०  हजार ३७१ मत प्राप्त गरेका छन् ।  नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् । 

Comments