•  ५ जेष्ठ २०८१, शनिबार
  •  5:23:36 AM

तीव्र गतिमा थपिँदै डेंगु संक्रमित, एकै दिन चारजनाको मृत्यु

- आश्विन १३, २०७९ मा प्रकाशित


इटहरी । लामखुट्टेको टोकाइबाट फैलिने डेंगुबाट पछिल्लो २४ घण्टाभित्र नेपालमा चारजनाले ज्यान गुमाएका छन्। मंगलबारसम्म डेंगुबाट ज्यान गुमाउनेको संख्या ३२ रहेकोमा पछिल्लो २४ घण्टायता मात्रै थप चारजनाको मृत्युपछि यो संख्या ३६ पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको अपडेट अनुसार  साउनदेखि हालसम्म देशभर ३६ संक्रमितको मृत्यु भएको हो।मन्त्रालयका अनुसार २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु देखिएको छ। 

लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु देखिएको छ। मन्त्रालयले एडिज प्रजातिको पोथी लामखुट्टेबाट सर्ने डेंगुबाट जोगिन लामो बाउला भएका लुगा लगाउन सर्वसाधारणलाई भनेको छ।नेपालमा पहिलो पटक २०६१ मा डेंगु देखिएको थियो। त्यसयता हरेक तीन वर्षमा डेंगुले महामारीको रुप लिने गरेको छ। 

Comments