•  ६ जेष्ठ २०८१, आईतवार
  •  7:38:37 AM

देवानगन्जमा चट्याङ लागेर २ जनाको मृत्यु

- आश्विन १३, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बुधबार (आज) बिहान चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

चट्याङबाट वडा नं. ३ का ६० वर्षीय उदित यादव र वडा नं. १ की ४२ वर्षीया रिता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजेतिर परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवानगन्जले जनाएको छ । मृतकको पोसमार्टमका लागि सुनसरी जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Comments