•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:53:29 AM

एकसनमा उत्रिए इटहरीका मेयर हेमकर्ण : अब मुख्य राजमार्गमा नाे पार्किङ , अटेर गरे सवारी साधन जफत गरिने 

- भाद्र १३, २०७९ मा प्रकाशित


इटहरी । इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले सडक क्षेत्रधिकार भित्र कुनै पनि सवारी साधनहरू पार्किङ नगर्न निर्देशन दिएका छन । मुख्य राजमार्ग देखि ३०० मिटर सम्म कुनै पनि सवारी साधनहरू पार्किङ नगर्न मेयर पौडेलले निर्देशन दिएका हुन ।

राजमार्ग क्षेत्रमै पार्कङ गरिदिदा शहरको स्वोरूप बिग्रिएको र वातावरण संगै पैदलयात्रीहरू पनि प्रत्यक्ष मार्कामा परेको बताउदै मेयर पौडेलले मंगलबार देखि लागुहुने गरी सडक क्षेत्रधिकार भित्र पार्किङ नगर्न निर्देशन दिएका हुन ।

सोमबार उपमहानगर परिषरमा सर्वपक्षीय छलफल गरि उनले यसतो निर्णय गरेका हुन । मुख्य राजमार्ग क्षेत्रमै पार्किङ गरिदिदा ट्राफिक ब्यवस्थापन समेत अस्तब्यस्त बनेको बताउदै मेयर पौडेलले ट्राफिक प्रहरीलाइ पनि राजमार्ग क्षेत्रमा पार्किङ गरिएका कुनै सवारी साधनहरू ततकाल हटाउन निर्देशन दिएका छन ।

उनले सडकको मुख्य क्षेत्रमै पार्किङ गर्न नपाइने प्रष्ट प्रावधान स्वायत्त शासन नियमावली १ सय ४७ को अनुसूची १९ अनुसारको नीति कार्यानवय गराउन लागिएको बताए ।निजि सपिङ कम्प्लेक्सहरूले आफ्नै पार्किङ स्थल बनाउनुपर्ने बताए ।

मंगलबारदेखि इटहरीको मुख्य राजमार्ग क्षेत्रमा अब सवारी साधन पार्किङ गर्न पाइने छैन मेयर पौडेलले भने । उक्त नीति कार्यानवयन गराउन मंगलबार देखि नै नगर प्रहरी , नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरि राजमार्गहरू खालि गराइने मेयर पौडेलले बताए ।

उनले इटहरीको पूर्व र पश्चिमलाइनमा रहेका भाडाका सवारीसाधन पार्किङ स्थलमा निजि सवारीसाधनहरू देखिएकाले त्यस्लाइ हटाएर पुन भाडाकै सवारीसाधनहरू राखिने प्रावधान मिलाइने पनि बताए । यता लामो समय देखि पार्किङ अभावले अस्तब्यस्त बनेको इटहरीमा ट्राफिक ब्यवस्थापनलाइ बलीयो बनाउन दिर्घकालिन योजना अघि सारेको बताइएको छ ।

Comments