•  ५ जेष्ठ २०८१, शनिबार
  •  4:32:43 AM

तरकारी किन्न निस्किएकि केराबारीकि रीता नौ वर्षीया छोरीसहित बेपत्ता 

- भाद्र १३, २०७९ मा प्रकाशित


इटहरी । मोरङ केराबारी ८, शान्तिटोलकी एक महिला आफ्नी नौ वर्षीया छोरीसहित बेपत्ता भएकी छिन् । बेपत्ता हुने २८ वर्षीया रीता चापागाईं फुयाल हुन् । उनी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भन्दै गएपनि गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् । 

उनको खोजीका लागि बेलबारी प्रहरीमा उनका पति सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । धरानदेखि काठमाडौँ चल्ने मितेरी बसका स्टाफले बताएअनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम कार्यालयअगाडि उनी बसबाट ओर्लिएको जानकारी आफूले पाएको सूर्यले जनाएका छन् । 

लामो समय विदेशमा काम गरेर फुयाल छ महिनाअगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झै–झगडा हुनेगरेको स्वीकार्दै सूर्यले त्यही कारण पत्नीले घर छोडेको हुनसक्ने अनुमान चाहिँ गरे । यद्यपि, आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएका कारण खोजी गरिदिन उनले अपिल गरेका छन् । 

Comments