•  ५ जेष्ठ २०८१, शनिबार
  •  4:11:39 AM

बिर्तामोडका मेयर–उपमेयर हराएको भन्दै फेसबुकमा सूचना पोष्ट गर्ने पक्राउ

- भाद्र १३, २०७९ मा प्रकाशित


झापा । सामाजिक सञ्जाल फेसबुकमा मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बिर्तामोड नगरपालिका– ४ निवासी २२ वर्षीय राजु बिमलीलाई नियन्त्रणमा लिएको डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

बिमलीलाई आइतबार दिउँसो उनकै घरबाटै नियन्त्रणमा लिएको हो । बिमलीले शनिवार राती बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँ र उपमेयर नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर–उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोस्ट गरेका थिए ।

दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जाल मार्फत गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।

Comments