पहिचान विनाको प्रदेशको नाम मान्य हुन्न : मुख्यमन्त्री राई
- भाद्र १२, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उहाँले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताउनुभयो ।
यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश ग¥यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै बन्द गर्न यो सरकार पछि नहट्ने उहाँको भनाइ छ ।
“प्रदेशको नामकरणको विषय संसद्मा प्रवेश गर्नासाथ ९९ दशमलव ९९ प्रतिशतले पास हुन्छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेशको नामाङ्कनको विषयमा अझै पनि पहिचानको कुरा मिल्न सकेको छैन, तसर्थ यो विषयले स्थान नपाएको हो ।”
राज्यको विभेदकारी नीतिका कारण आदिवासी जनजाति पछि परेको बताउँदै उहाँले अब सबै नागरिकलाई समानरुपमा अघि बढाउन प्रदेश सरकारले छुट्टै नीतिको व्यवस्था गर्दै महिला–पुरुष बराबरी, धनी–गरिब बराबरी र जातीय विभेदको अन्यका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ५, २०८१Более 17 000 Бесплатных Игр Онлайн-казино Гур
-
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azerbaycan Yukle Apk & əlan Government College Of Engineering Söz Leather Technology -
ताजा जेष्ठ ५, २०८१
Pin Up Casino Azərbaycan üçün Imkanlarını Təqdim Edir สมัครเล่นไฮโลออนไลน์ผ่านมือถือ -
ताजा जेष्ठ ५, २०८१
Qeydiyyat, Bonuslar, Yukle, Depozit -
ताजा जेष्ठ ५, २०८१
Rəsmi Veb Saytı Bağlayın️ Iti Ödənişlər, Gündəlik Bonuslar, ümumən Bunlar Sizi Pin Up Casinoda Gözləyir
Comments