•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:05:19 AM

महेश बस्नेतको चेतावनी–‘धेरै खरानी घस्ने बालेन्द्रका समर्थकसँग हजारौं पटक लड्न तयार छु’

- भाद्र ११, २०७९ मा प्रकाशित


 बिराटनगर ।  नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई धेरै खरानी घस्ने जोगीको संज्ञा दिएका छन् । शनिवार आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै बस्नेतले मेयर शाहले अनाधिकृत रुपमा चलाएको डोजरबाट धेरै पीडित बनेको बताए ।उनले भने– ‘हामीसँग बीसौं बर्षको अनुभव छ ।

नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने विकासको मोडालिटीको बारेमा हाम्रा अनुभवहरु शेयर गरौंला । हैन भने तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन ।

तिमीलाई कुनै अधिकार छैन । मैले यो कुरा भनेवापत तिम्रा सुण्ड मुसुण्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुण्ड मुसुण्डसँग हजारौँ पटक जुध्न तयार छु । हजारौ पटक लड्न तयार छु ।’उनले आफू जहिले पनि न्यायको पक्षमा, व्यवसायीको पक्षमा, स्थानीय रैथानेको पक्षमा बोल्ने उल्लेख गरे । उनले त्यसो गर्दा बालेन्द्रका समर्थकहरु लड्न आउँछन् भने आफू, आफ्नो टिम र पार्टी काफी रहेको भन्दै चेतावनी दिए ।

Comments