•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:34:41 AM

अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय

- भाद्र ११, २०७९ मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको छ ।

केन्द्रीय कमिटीको आज (शनिबार) सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निणर्य भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूल एमालेले नगर्ने प्रष्टाएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निणर्यहरू पेश क्रमैसँग भइरहेका छन् ।

वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् ।

Comments