•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:53:39 AM

निर्मला पन्तको हत्याको अनुसन्धान ढिला गरिएको भन्दै ९ दिनदेखि अनसनमा जोशी

- श्रावण १३, २०७९ मा प्रकाशित


काठमाडौँ । कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वरदत्त जोशी निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा ढिला सुस्ती भएको भन्दै विगत नौ दिनदेखि अनसनरत छन्  ।  जोशी राजधानीको वसन्तपुरमा निर्मला पन्तको न्यायको माग गर्दै विभिन्न १७ बुँदे मागसहित अनसनमा बसेका हुन् ।

प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले पन्तको घटना  भएको स्थलमा पुगेर उनको परिवारलाई सान्त्वना दिँदै सरकार बनेको २४ घण्टामा अपराधी पत्ता लगाउने प्रतिबद्धता जनाएपनि उनकै नेतृत्वको सरकार बन्दासमेत चासो नदिएको भन्दै निर्मला जस्तै बलात्कृत भएका नारीहरुको न्यायको माग गर्दै आफू अनसनमा बसेको उनले रातोपाटीलाई बताए ।

उनी भन्छन्, ‘पन्तको न्यायको माग गर्दै पटकपटक  अनसन बसेपनि सम्बन्धित निकाय मौन बसेको छ, अहिले कांग्रेस नेतृत्वको सरकार बनेको छ तर सरकार किन चुप लागेर बसेको छ ? थाहा छैन । ’यस्तै, उनले निहारिका राजपुत र उनको कोखबाट जन्मेको बच्चाले छिटो न्याय पाउनुपर्ने मागसमेत गरेका छन् ।यस्तै, उनले १७ बुँदे मागमा शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयमा सरकारले नागरिकको समस्याहरु सम्बोधन नगरेको पनि बताएका छन्  ।

नेपालको  संविधान २०७२ को भाग ४ को धारा ५० मा राज्यका निर्देशन सिद्धान्तहरूलाई अविलम्ब कार्यन्वयन गर्नुपर्ने, नेपालको संविधानको भाग ४ को धारा ५१ मा भएको राज्यका १३ वटा नीतिहरूको कार्यान्वयन गर्नुपर्ने, संविधानको धारा ५५ खारेज गनुपर्ने लगायतका कुरा उनको १७ बुँदे मागमा उल्लेख गरिएका छन् ।

Comments