•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:54:46 AM

बिराटनगरबाट काठमाडाैं उडन लागेकाे यती एयरमा समस्या देखिएपछि…

- श्रावण १३, २०७९ मा प्रकाशित


इटहरी । विराटनगरबाट काठमाडौं उड्न लागेको यति यएरलाइन्सको जहाजमा पनि समस्या देखिएको छ।बिहान साढे ७ बजे काठमाडौं उड्न लाग्दा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको विमानस्थलका प्रमुख उत्सव खरेलले  बताए। ६० जना यात्रु लिएर काठमाडौं उड्न लाग्दा इन्डिकेसनमा समस्या देखिएको थियो।

अहिले काठमाडौंबाट इन्जिनियर लगेर परीक्षण गरिरहेको पनि खरेलले बताए। अहिले चेकजाँच भइरहेको छ। समस्या समाधान भयो भने विमान उड्छ नभए, जाँदैन खरेलले नेपालखबरसँग भने। बिहीबार बेलुकी विराटनगर पुगेको जहाज त्यहीँ बसेको थियो।

Comments