•  ५ जेष्ठ २०८१, शनिबार
  •  8:36:58 PM

दाउन्नेमा बस पल्टिएर लाग्यो आगो : ३१ घाइते, चारको अवस्था गम्भीर

- श्रावण ११, २०७९ मा प्रकाशित


नवलपुर । नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Comments