•  ५ जेष्ठ २०८१, शनिबार
  •  9:03:34 PM

माेरङकाे भाउन्नेमा बिग्रिएको ट्रकमा ठक्कर, कारमा सवार एक जनाको मृत्यु

- श्रावण ११, २०७९ मा प्रकाशित


इटहरी । मोरङको बेलबारी नगरपालिका – १० भाउनेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ७ बजे भएको दुर्घटनामा परि झापाको दमक – ४ का राजीव बराइली मृत्यु भएको हो ।

महेन्द्र राजमार्गत अन्तर्गत भाउनेमा बिग्रिएर रोकेको को १ ख ८००४ नंं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएपछि कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते भएको छन् । उनको उपचार बेलबारी अस्पतालमा भइरहेको छ ।

कारमा सवार राजीव बराईलीको उपचारको क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

‘तीव्र गतिमा गएको कार अनियन्त्रित गएर रोकिएर राखेको ट्रकमा कार दुर्घटना भएको देखिएको छ,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने ।  प्रहरीले ट्रक चालक धनकुटा घर भएका  ३९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिएको छ ।

Comments